२० मंसिर २०८२, शनिबार

रोल्पाका विभिन्न स्थानमा दुई दिन विद्युत सेवा अवरुद्ध हुने

प्रकाशित मिति :  21 February, 2025 10:37 am


रोल्पा । झिमरुक जलविद्युत केन्द्रले प्रसारण लाइन मर्मत तथा रुखका हाँगा काट्ने कार्य गर्नुपर्ने भएकाले रोल्पाका विभिन्न स्थानमा आज र भाेलि दिन विद्युत सेवा अवरुद्ध हुने जानकारी गराएको छ ।

झिमरुक जलविद्युत केन्द्र, दारिमचौर, प्यूठानले जारी गरेको सूचनाका अनुसार, फागुन आज बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म धरमपानी, थवाङ, चौखानी, उदयपुर र पुरकोट क्षेत्रमा विद्युत आपूर्ति बन्द रहनेछ ।

त्यस्तै, फागुन १० गते भाेलि बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म पावर हाउसदेखि नयाँगाउँ, लामाचौर, मुरी हुँदै रोल्पाका सम्पूर्ण क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुनेछ ।

झिमरुक जलविद्युत केन्द्रले उपभोक्ताहरूलाई विद्युत सेवा बन्द रहने समयलाई ध्यानमा राखी आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । साथै, निर्धारित समयभन्दा अगावै मर्मत कार्य पूरा भएमा सेवा पुनः सुचारु गरिने जानकारी समेत गराइएको छ ।



प्रतिक्रिया दिनुहोस !