नेपालमा बोलिने भाषा जोगाउन आवश्यक छः पर्यटनमन्त्री पाण्डे
प्रकाशित मिति : 21 February, 2025 11:35 am

काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले भएका भाषाहरू जोगाउनु आवश्यक रहेको बताएका छन्।
शुक्रवार काठमाडौँमा भाषा प्रयोगशाला उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भाषाहरू नेपालमा १३१ रहेको र अझै बढ्नसक्ने बताएका हुन् । उनले भाषा आयोगको प्रमुख कर्तव्य नै भाषाहरुको संरक्षण र संवद्र्धन गर्नु रहेको बताए । उनले भाषा आयोगले सम्पूर्ण नेपालमा बोलिने भाषाहरूको अभिभाकत्व लिएर भाषाको संरक्षण र प्रवद्र्धन गर्न जरुरी रहेको बताए ।
उनले संघीय भाषा ऐन बनाउन मन्त्रालयले पहल गरिरहेको र कानून मन्त्रालयमा पुगेको उल्लेख गरे । मन्त्री पण्डेले भाषा दशकको बारेमा भाषा आयोग, युनेस्को र मन्त्रालय बसेर काम गर्नुपर्ने बताए ।