सिरियामा आवासीय घरमा विस्फोट हुँदा ५ जनाको मृत्यु
प्रकाशित मिति : 21 February, 2025 12:57 pm

काठमाडाैँ ।उत्तरपश्चिम सिरियाको इडलिब प्रान्तको अल–नैराब शहरमा रहेको एक आवासीय घरमा बिहीवार विस्फोट हुँदा कम्तिमा पाँच जनाको मृत्यु भएको सिरियाली सरकारी टिभी अल–इखबारियाले रिपोर्ट गरेको छ ।
प्रारम्भिक रिपोर्टहरूकाअनुसार एक महिला र एक बच्चासहित तीन जना नागरिकको मृत्यु भएको छ भने अर्को एक बच्चा घाइते भएका छन् । जसमा सबै एकै परिवारका छन् ।