१४ बैशाख २०८१, शुक्रबार

पूर्वसभामुख महराद्धारा दाङमा स्वास्थ्य सामग्री हस्तान्तरण, विभिन्न योजनाको अनुगमन

प्रकाशित मिति :  3 June, 2020 11:33 am


दाङ, २१ जेठ । 

पूर्वसभामुख कृष्णबहादुर महराले दाङका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुका साथै विभिन्न योजनाको निरीक्षण गरेका छन् ।

दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल र दाङ जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्द मार्फत १० हजार मास्क र एक सय थान पिपिई हस्तान्तरण गरेका हुन् ।

स्वास्थ सामग्री राप्ती स्वास्थ प्रतिष्ठान, राप्ती प्रादेशिक अस्पताल तुलसीपुर, स्थानीय तह र जोखिममा रहेर काम गर्ने सुरक्षाकर्मीलाई उपलब्ध गराइने प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए ।

त्यसैगरी महराले सञ्चारकर्मीहरुलाई एक हजार तीन सय थान मास्क प्रदान गर्नुभएको छ । मास्क घोराही, तुलसीपुर र लमही क्षेत्रका सञ्चारकर्मीलाई प्रदान गरिने पत्रकार महासंघ दाङका सभापति सविन प्रियासनले जानकारी दिए ।

महराले दाङका विभिन्न चार ओटा निर्माणाधिन विकास निर्माण योजनाहरुको स्थलगत निरिक्षण गरेका छन् । निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषअन्तर्गत दाङ निर्वाचन क्षेत्र नं २ मा आफूले विनियोजन गरेको बजेटबाट निर्माण भइरहेका विभिन्न विकास निर्माण योजनाहरुको स्थलगत निरिक्षण गरेका हुन् ।

निरिक्षणका क्रमममा पूर्व सभामुख महराले कामको गुणस्तरको बारेमा चासो राख्नुका साथै काम छिटो सक्न निर्देशन दिएका थिए ।

        सम्बन्धित समाचार

पूर्वसभामुख महराद्धारा विपद व्यवस्थापन कोष दाङलाई एकसय बोरा चामल प्रदान



प्रतिक्रिया दिनुहोस !