२३ बैशाख २०८१, आइतबार

पूर्वसभामुख महराद्धारा विपद व्यवस्थापन कोष दाङलाई एकसय बोरा चामल प्रदान

प्रकाशित मिति :  16 April, 2020 6:51 pm


दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई पूर्वसभामुख महराको तर्फबाट चामल हस्तान्तरण गर्दै स्वकिय सचिव प्रमोद शर्मा

दाङ, ४ बैशाख ।

पूर्व सभामुख एवं दाङ क्षेत्र नम्बर २ बाट प्रतिनीधिसभा सांसद कृष्णबहादुर महराले जिल्ला विपद् व्यवस्थापन कोषलाई १ सय बोरा चामल दिएका छन् ।

महराका स्वकीय सचिव प्रमोद शर्माले आज प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई महराको तर्फबाट चामल हस्तान्तरण गरेका हुन् ।

स्वकीय सचिव शर्माले पहिलो चरणमा जिल्लामा आइपर्ने विपन्न तथा ज्यालादारी मजदूरहरुको छाक नबसोस भनेर जिल्ला विपद व्यवस्थापन कोषमा पूर्व सभामुख महराले १ सय बोरा चामल उपलव्ध गराएको जानकारी दिए ।

 

पूर्व सभामुख महराले कोरोना संक्रमणले अहिले मुलुकलाई छोएको भन्दै भोली महामारीले झनै उग्ररुप लिन पनि सक्ने भएकाले स्वास्थ्य सामाग्री जुटाउन जागेको जानकारी गराएका छन् ।

उनले दोस्रो चरणका लागि पीपीई, मास्क, औषधि, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री जुटाउने अभियानमा लागेको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !