२० मंसिर २०८२, शनिबार

संविधान असफल भए मुलुक गम्भीर संकटमा फस्छ- गृहमन्त्री लेखक

प्रकाशित मिति :  22 February, 2025 4:26 pm


काठमाडाैँ । गृहमन्त्री रमेश लेखकले नेपालको संविधानको असफलताले मुलुकलाई गम्भीर संकटमा धकेल्ने चेतावनी दिएका छन् ।

उनले शनिबार काठमाडौँमा आयोजित सुदूरपश्चिम कानून समाजको कार्यक्रममा संविधानको सुदृढीकरणको आवश्यकता र यसको सफलताका लागि दृढ प्रतिबद्धता प्रकट गरे।

गृहमन्त्रीले नेपालको संविधानलाई विश्वकै उत्कृष्ट संविधानहरूमध्ये एकको रूपमा प्रस्तुत गर्दै, २००४ सालदेखि सातवटा संविधान निर्माण हुनु नेपालको राजनीतिक अस्थिरता दर्शाउने कुरा बताए ।

उनका अनुसार, धेरै संविधान निर्माण गर्नु गलत कुरा हो र त्यसैले अहिलेको संविधान र राज्य व्यवस्थालाई बलियो बनाउन जोड दिए ।

लेखकले नेपालको संविधानको समावेशी चरित्र र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई महत्वपूर्ण मान्दै, यसको सफल कार्यान्वयनलाई आवश्यकता बताए । उनले थपे, “यो संविधान असफल गर्ने छुट कसैलाई छैन, यसको असफलता मुलुकलाई अर्को गम्भीर संकटमा पुर्याउँछ ।”

साथै, गृहमन्त्री लेखकले कानूनी शासनलाई लोकतन्त्रको आधारभूत आवश्यकता बताउँदै, यसको स्थापना र प्रबर्द्धनमा कानुन व्यवसायीहरूको महत्वपूर्ण भूमिका रहेको धारणा व्यक्त गरे । उनले लोकतन्त्र भनेको अनुशासनको पद्धति हो र त्यसका लागि कानूनी शासन अनिवार्य रहेको टिप्पणी गरे ।



प्रतिक्रिया दिनुहोस !