२१ बैशाख २०८१, शुक्रबार

काठमाण्डौंको माइतीघरमा नारा,‘राष्ट्रघाती एमसीसी चाहिंदैन, देश बेच्न पाईंदैन !'(फोटो फिचर)

प्रकाशित मिति :  3 June, 2020 3:38 pm


काठमाण्डौं, २१ जेठ ।

सरकारले अमेरीकी सहयोग परियोजना (एमसीसी)का कार्यक्रम बजेटमा राखेर ल्याएपछि विरोध सुरु भएको छ । त्यसो त संसदमा विधेयक दर्ता भएदेखि नै विरोध सुरु भएको थियो ।

एमसीसी सैन्य रणनीति सम्बन्धि कार्यक्रम भएको र यसलाई संसदबाट अनुमोदन गर्न नहुँने आवाज उठिरहेको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले एमसीसी सम्बन्धि कार्यक्रम विगत ३ बर्षदेखि बजेटमा राखिएको र संसदबाट पारित नहुँदासम्म कार्यन्वयन नहुँने स्पष्टिकरण दिईसकेको छन् ।

लकडाउनकाबीच पनि विभिन्न राजनीतिक दल तथा समूह र स्वत स्फूर्त रुपमा एमसीसीको विरोध भईरहेको छ । आज विद्यार्थी संगठनका प्रतिनिधि एवं स्वतन्त्र युवाहरू एमसीसीको विरोध गर्दै प्रदर्शनमा उत्रिएका छन्। समूहले काठमाण्डौं माइतिघर मण्डलामा एमसीसीको विरोधमा प्रर्दशन गरेको छ । लकडाउनकाबीच युवाहरुलको समूहले प्रर्दशन गरेको हो । प्रर्दशनका केही तस्वीर हेरौं:

फोटोः असिम थापा



प्रतिक्रिया दिनुहोस !