१२ चैत्र २०८१, बुधबार

पूर्वराजाको अभिव्यक्तिलाई लिएर वर्तमान व्यवस्था ठिक छैन भन्दै डंका पिटियोः काँग्रेस सांसद न्यौपाने

प्रकाशित मिति :  23 February, 2025 1:31 pm


काठमाडाैँ । नेपाली काँग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजाले सार्वजनिक गरेको अभिव्यक्तिलाई लिएर समाजमा अराजकता फैलाइएको भन्दै आपत्ति जनाएकी छन् ।

आइतवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सांसद न्यौपानेले वर्तमान व्यवस्था ल्याउन कुनै योगदान नदिएकाहरू नै समाजमा अराजकता फैलाइरहेको बताएकी हुन् ।उनले पूर्वराजाको अभिव्यक्तिलाई लिएर समाजमा वर्तमान व्यवस्था नै ठिक छैन भनेर डंका पिटिएको टिप्पणी गरिन् । उनले लोकतन्त्रमा बोल्न पाइने भएपनि समाजलाई अराजकतातिर धकेल्ने छुट कसैलाई पनि नभएको बताइन् । 

उनले लोकतन्त्रमा लोकतन्त्र कसैको कृपाले नभई नेपाली जनताको शक्ति हासिल गरेको बताइन् । व्यक्तिले गरेको गल्तिलाई सुधार गर्दै लैजान सकिने भएपनि व्यवस्थामाथिको प्रहार कुनैपनि बहानामा स्वीकार्न नसकिने बताइन् ।



प्रतिक्रिया दिनुहोस !