२ पुस २०८२, बुधबार

पुराना पार्टीले जनविश्वास गुमाएको अध्यक्ष राईको अरोप

प्रकाशित मिति :  23 February, 2025 2:03 pm


काठमाडाैँ । जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले आफ्नो पार्टीले वैकल्पिक शक्ति निर्माण गर्ने बताएका छन् ।

आइतवार ललितपुरको ग्वार्कोमा पार्टीको नयाँ केन्द्रिय कार्यालय उद्घाटन कार्याक्रममा उनले पार्टीले समाजवादको वैकल्पिक विचारको श्रृङ्खला निर्माण गरिरहेको बताएका हुन्। उनले वैकल्पिक विचारले वैकल्पिक शक्ति निर्माण गर्ने र त्यो जनहितमा प्रयोग गर्न संगठन निर्माणमा जोड दिनुपर्ने बताए ।

“जनता समाजवादी पार्टी मुलुकको वैकल्पिक विचार, वैकल्पिक शक्ति निर्माण गरेर अगाडि बढ्ने अठोटका साथमा संगठित भएको छ । विगतदेखि पनि हामीले समाजवादको वैकल्पिक विचारको श्रृङ्खला निर्माण गर्ने कामको प्रारम्भ गरेका छौँ । र आगामी दिनमा व्यवहारमा समृद्ध बनाउँदै जानेछौँ र वैकल्पिक विचार भएपछि त्यसले वैकल्पिक शक्ति निर्माण गर्न अनिवार्य हुन्छ,” उनले भने ।

अध्यक्ष राईले पुराना पार्टीहरू पुरानै कार्याशैलीका कारण जनताको विश्वास गुमाउँदै गएको आरोप लगाए । उनले जनताको आकांक्षा पूरा गर्न नसक्ने पुराना दलको विकल्पको रुपमा जनता समाजवादी पार्टीको उदय भएको दाबी गरे ।



प्रतिक्रिया दिनुहोस !