१२ चैत्र २०८१, बुधबार

अनधिकृत रूपमा बनेका संरचना भत्काएर न्हुँ पोखरीमा हरियाली पार्क निर्माण गर्दै ललितपुर महानगर

प्रकाशित मिति :  24 February, 2025 1:57 pm


काठमाडाैँ । ललितपुर महानगरपालिकाले अनधिकृत रूपमा बनेका संरचना भत्काएर हरियाली पार्क निर्माण गर्ने भएको छ ।

सोमवार ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले न्हुँ पोखरी क्षेत्रमा बनेका अनधिकृत संरचना भत्काउन सुरूवात गरेर यस्तो बताएका हुन् । उनले पोखरी क्षेत्रमा बनेका भौतिक संरचना भत्काएर हरियाली पार्क निर्माण गर्ने बताए। नुखु पुखु क्षेत्रलाई सुन्दर बनाउने अभियानमा महानगरपालिका लागेको उनको भनाइ छ । 

“यो नुःखु पुखुः लाई ब्युटीफाइ गर्ने, ग्रिनरी इन्हान्स गर्छौैं । ग्रिन एण्ड ब्ल्युको फ्युजन प्रोजेक्ट हो । ग्रिन भनेपछि हरियाली र ब्ल्यू भनेपछि पानी हुन्छ । हरियालीमा पानीको समिस्रन स्टेट अफ आर्टको पार्क हुन्छ यो,”उनले भने ।

ललितपुर महानगरपालिकिाका नगर प्रहरी प्रमुख सीताराम हाछेथूँले पोखरी क्षेत्रलाई पुरानै अवस्थामा फर्काइने बताए ।उनले आगामी असारसम्ममा निर्माण सम्पन्न भइसक्ने पोखरी क्षेत्रमा  वृद्धवृद्धाहरुका लागि विश्राम स्थालको समेत व्यवस्था गरिने बताए ।

ललितपुर महानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष विकासमान श्रेष्ठले पोखरी क्षेत्रमा रहेको वडा भवन अन्यत्र सारेर पोखरीलाई पुरानै अवस्थामा निर्माण गर्न अभियानमा लागेको बताए । पोखरी निर्माण सम्पन्न भएपछि वृद्धवृद्धा तथा युवायवतीका लागि विश्रामस्थालको व्यवस्था हुने महानगरपालिकाले जानकारी दिएको छ । पोखरीमा माछापालनलगायतको वृहत योजनासमेत अघि सारिएको  महानगरपालिकाको भनाइ छ । 



प्रतिक्रिया दिनुहोस !