नेपालसँग आवश्यक जनशक्ति नहुँदा रेल्वे सेवा घाटामा छ, कानून सच्याउँदैछौँः मन्त्री दाहाल
काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालसँग आवश्यक जनशक्ति नहुँदा जयनगर-जनकपुर रेल्वे सेवा घाटामा गएको बताएका छन् ।
सोमवार राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा सैद्धान्तिक छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री दाहालले रेल्वे विधेयक बनाउँदा ३ वर्ष अनुभव भएको मान्छेलाई कोपाइलट, लोको पाइलट काम गर्न पाउने भनेर लेख्दा अहिले जनशक्ति अभाव भएको उल्लेख गरेका हुन्।
नेपालमा रेल्वे सेवा सञ्चालन नहुने र अनुभवी खोज्दा भारतसँग निर्भर रहनुपरेको बताए । भारतसँग निर्भर रहँदा सञ्चालनका लागि भारतीय सरकारी कम्पनी कोनकोनलाई २४ करोड दिइरहनुपरेको बताए । उनले उक्त कानून नसच्याएसम्म रेलवेसेवा घाटामा नै जाने देखिएकाले अहिले सरकारले कानून सच्याउन लागेको बताए । रेल्वे सेवा नाफामा ल्याउन सरकारले कार्गो रेलको पहल गरिरहेको बताए ।
आन्तरिक जलमार्गलाई व्यवस्थित बनाउन जलमार्ग बनाउने ड्रेजिङ मेसिन किन्ने तयारी गरिरहेको बताए ।








