अध्यक्ष दाहालले भनेः अहिलेको परिवर्तन माओवादीले ल्याएको हाे
काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अहिलेको परिवर्तनमाथि प्रश्न उठाउन खोजिएको बताएका छन् ।
सोमवार झापाको कचनकवलमा सुरू भएको जनतासँग माओवादी अभियानको उद्घाटन गर्दै अध्यक्ष दाहालले अहिलेको परिवर्तनत त्यत्तिकै नआएको बताएका हुन् । उनले हजारौँ वीर शहीदहरूको रगत र पसिनाबाट अहिलेको परिवर्तन सम्भव भएको बताउए । माओवादीले ल्याएको अहिलेको परिवर्तनमाथि प्रश्न उठाउने गरिएको भन्दै आपत्ति जनाए ।
“अहिलेको परिवर्तन त्यत्तिकै पाइएको होइन । तपाईं हाम्रा हजारौँ वीर छोराछोरीहरुले रगतको मूल्य तिरेर मात्रै देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गएको हो । यो संघीय लोकतान्त्रिक गणतन्त्रप्रति दलालहरुले तपाईं हामी जनतालाई माया गरेर हामीलाई दिएको परिवर्तन होइन । तपाईं हामीले रगत बगाएर त्याग, तपस्या गरेर वीरतार बलिदानका धेरै कीर्तिमानहरु कहिल्यै नमेटिने गरी तयार पारिएका बलमा मत्रै यो परिवर्तन सम्भव भएको हो,”उनले भने ।
अध्यक्ष दाहालले एकथरीले प्राप्त उपलब्धि खोस्न संविधानमाथि आक्रमण गर्ने गरेको बताए ।








