६ पुस २०८२, आइतबार

स्याङ्जामा नियन्त्रित लागुऔषध सहित एक जना पक्राउ

प्रकाशित मिति :  25 February, 2025 10:47 am


स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर ८ फुलबारीस्थित सिद्धार्थ राजमार्गबाट प्रहरीले आज बिहान एक जनालाई नियन्त्रित लागुऔषधसहित पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार वडा प्रहरी कार्यालय वालिङबाट खटिएको टोलीले सवारी साधनहरू चेकजाँच गर्ने क्रममा बुटवलबाट बागलुङ जाँदै गरेको ना. ५ ख. ६६२१ नम्बरको बसमा सवार कास्की, पोखरा महानगरपालिका वडा नम्बर २९ निवासी २० वर्षीय संजोक गुरुङलाई पक्राउ गरेको हो।

गुरुङको साथबाट डाइजोपाम, नुर्फिन, र फेनारागन गरी जम्मा १३५ एम्पुल नियन्त्रित लागुऔषध फेला परेको प्रहरीले जनाएको छ। उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !