१२ चैत्र २०८१, बुधबार

कालिमाटी फलफूल तथा तरकारी बजारमा भइरहेको बेथितिबारे सरकारको ध्यानाकर्षण

प्रकाशित मिति :  25 February, 2025 3:41 pm


काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)की सांसद रूपा सोशी चौधरीले कालिमाटी फलफूल तथा तरकारी बजारमा भइरहेको बेथितिबारे सरकारको ध्यानाकर्षण गराएकी छन् ।

प्रतिनिधि सभोको मंगलवारको बैठकमा बोल्दै उनले ११ जनाको बजार व्यवस्थापन समितिमा ३ जना वास्तविक किसान हुनुपर्नेमा त्यस्तो नभएको बताएकी हुन्। उनले फलफूल तथा तरकारीको मूल्य समेत बजार व्यवस्थापनले नभई व्यापारीले तोक्ने गरेको बताइन् । उनले मन्द विषादीको शिकार उपभोक्ता हुनुपर्ने बेथितिको अन्त्य कहिले हुन्छ सरकार ? भन्दै प्रश्न समेत गरिन् ।

“११ जनाको बजार व्यवस्थापन समितिमा ३ जना किसान नहुनु, फलफूल तथा तरकारीको मूल्य निर्धारण समितिले नभई व्यापारिले गर्नु, खुद्रा पसलेले फलफूल तथा तरकारी लगिसकेपछि गुणस्तर परीक्षण हुनु, मन्द विषादीको सिकार उपभोक्ता हुनुपर्ने बेथितिको अन्त्य कहिले हुन्छ सरकार ? म सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु,” उनले भनिन् ।

उनले कालिमाटी फलफूल तथा तरकारी बजारको व्यवस्थापन गर्न सरकारसँग माग गरिन् ।



प्रतिक्रिया दिनुहोस !