विदेशीको इसारामा देशको अर्थतन्त्र चलाउने अर्थमन्त्री हुन्जेल देश बन्दैनः प्रेम सुवाल
प्रकाशित मिति : 25 February, 2025 6:18 pm

काठमाडाैँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विदेशीको इसारामा देशको अर्थतन्त्र चलाउने अर्थमन्त्री हुन्जेल देशको अवस्था सुधार हुन नसक्ने बताएका छन् ।
संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले देशको प्रतिक चिन्हमा भिक्षा देउ भनेर राख्न मात्र बाँकी रहेको बताएका हुन् ।
उनले देशको क्षमताअनुसार देशको अर्थतन्त्र चलाउने प्रधानमन्त्री र अर्थमन्त्री अहिलेको आवश्यकता भएको उल्लेख गरे ।