शिवरात्रिमा केदारनाथ शिर डोलेश्वरमा दर्शनार्थीको घुइँचो (फोटो फिचर)
प्रकाशित मिति : 26 February, 2025 10:29 am

काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा आज बिहानदेखि नै दर्शनार्थीको घुइँचो लागेको छ ।
महाशिवरात्रि पर्वको अवसरमा डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको बिहानदेखि नै भीड लागेको हो । आज नदीमा स्नान गरी शुद्ध भइ बिहानैबाट शिवालयमा पुगेर श्रद्धापूर्वक महादेवको पूजा आराधना गर्ने गरिन्छ ।महाशिवरात्रि पर्वमा सहज एवं छिटो दर्शन गर्ने व्यवस्था मिलाइनुका साथै सुरक्षाकर्मी र स्वयंसेवकको टोली परिचालन गरिएको छ । बिहानैबाट मन्दिरका चारवटै ढोका खुला गरिएको छ ।
प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजाआराधना गरी मनाइनछ ।








