१० चैत्र २०८१, सोमबार

महाशिवरात्रिमा पोददार समाजद्वारा वर्षेणी ५० हजार भक्तजनलाई निःशुल्क भोजन तथा सेवा

प्रकाशित मिति :  26 February, 2025 5:14 pm


काठमाडौँ । पोददार कल्याण समाज र सेवाका लागि साथीहरू संस्थाले महाशिवरात्रीको अवसरमा भक्तजनहरूलाई निशुल्क चिया,पानी,खाजा तथा खाना खुवाएको छ ।

तिलगङ्गामा हिजो बेलुकीदेखि नै महाशिवरात्री पर्वको अवसरमा पशुपति दर्शनमा आउने भक्तजनहरूलाई निशुल्क खाजा तथा भोजन खुवाइएको हो । समाजका अध्यक्ष राजकुमार पोददारले हिजो बेलुकीदेखि आज बेलुकीसम्म खाजा खाना खुवाउने जानकारी दिए ।

हरेक वर्ष शिवरात्रीको अवसरमा दुबै संस्था मिलेर भक्तजनहरूका लागि खाजा खानाका साथै स्वास्थ्य सेवा समेत दिने गरिएको अध्यक्ष पोदारले जानकारी दिए । यस वर्ष कम्तिमा ५० हजार जनालाई निशुल्क खाजा खानाको व्यवस्था गरिएको समाजले जनाएको छ ।

समाजका अध्यक्ष पोद्दारले भने,“भारतदेखि आएका भक्तजनहरूले समेत हिजो बेलुकीदेखि नै खाजा खाना खुवाइरहेका छौँ । स्वास्थ्य सेवा समेत प्रदान गरेका छौँ । कम्तिमा ५०(६० हजार जनाले सेवा लिने हाम्रो अनुमान छ।”

हरेक वर्ष हुने यस कार्यक्रमका लागि विभिन्न क्षेत्रबाट सहयोग हुने समाजका अगुवा रणजीत पोद्दारले जानकारी दिए । उनले भने,“ यो कार्यमा साथिहरू, व्यवसायीहरूले पनि आ—आफ्नो तरिकाले सहयोग गर्नुहुन्छ ।”

सेवामा सक्रिय उद्यमी राम जैनले आफूहरूले सक्दो सहयोग रेको बताए । उनले भने,“ यस्तो अवसरमा केही न केही सहयोग गर्नु हाम्रो संस्कार पनि हो । म र मेरो कम्पनीले सक्दो साथ दिने गरेका छौँ ।”

सन्तोष किशोर लाभले महाशिवरात्रीको अवसरमा भक्तजनहरूलाई सेवा दिन पाउँदा खुशी लागेको बताए ।



प्रतिक्रिया दिनुहोस !