१० चैत्र २०८१, सोमबार

राष्ट्रपतिद्वारा पशुपतिनाथको पूजा आराधना

प्रकाशित मिति :  26 February, 2025 6:40 pm


काठमाडाैँ । बुधवार महाशिवरात्रीको अवसरमा राष्ट्रपतिपौडेलले पशुपतिनाथमा पुगेर दर्शन गरेका छन् । पशुपतिनाथको पूजाआराधनाकासाथै उनले प्रसाद ग्रहण समेत गरेका हुन् । शिवभक्तहरूले शिवरात्रिका दिन व्रत बस्ने रभगवान शिवको प्रिय वस्तु दुध, धतुरो र बेलपत्र आदि पूजा सामग्री चढाएरपूजा गर्ने गर्दछन् ।

शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्वकालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रीमध्ये एक पवित्र पर्वका रूपमारहेको शिव पुराणलगायतका ग्रन्थमा उल्लेखित छ । फाल्गुण कृष्ण चतुर्दशीका दिन मनाइनेयस पर्वलाई दिनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदयगराउने आशुतोष भगवान शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।

आज देशभरकाशिवालय, तनहुँको देवघाट, म्याग्दीको गलेश्वर धाम, सन्तानेश्वर महादेव, हलेसी महादेव,कुशेश्वर महादेव लगायतका शिवालयमा भक्तजनहरुको बाक्लो उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !