मोटरसाइकल दुर्घटना हुँदा तुलसीपुरमा एकजनाको मृत्यु
प्रकाशित मिति : 27 February, 2025 7:46 am

दाङ । मोटरसाइकल दुर्घटना हुँदा दाङमा एकजनाको मृत्यु भएको छ। जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ८ चमिखोला नजिकै भएको दुर्घटनामा परी तुलसीपुर–२ निवासी ३५ वर्षिय कबिराम चौधरीको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
प्रहरी निरीक्षक सूर्य रानाका अनुसार बुधबार साँझ तुलसीपुर–८ चमिखोला नजिकै दुर्घटना भएको थियो। पश्चिमतर्फ जाँदै गरेको रा ४ प ४४१० नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालक तुलसीपुर–८ निवासी ४८ वर्षिय लक्ष्मीप्रसाद चौधरी र पछाडि सवार कबिराम चौधरी गम्भीर घाइते भएका थिए।
दुर्घटनापछि उनीहरूलाई उपचारका लागि नेपालगञ्ज लगिएको थियो। गम्भीर घाइते चौधरीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।