कति छ आज सुनचाँदीकाे मूल्य ?
प्रकाशित मिति : 27 February, 2025 11:39 am
काठमाडौँ । विहीबार छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार एक लाख ७० हजार ५०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य २०० रुपैयाँले घटेर एक लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर एक हजार ९४५ रुपैयाँ कायम भएको छ ।








