५ पुस २०८२, शनिबार

रेविजको लक्षण देखिएका मृत जनावरहरू किनबेच गर्ने दुई जना पक्राउ

प्रकाशित मिति :  27 February, 2025 6:40 pm


स्याङ्जा । स्याङ्जामा रेविजको लक्षण देखिएका मृत जनावर किनबेच गरेको आरोपमा एक व्यक्ति र एक व्यापारीलाई पक्राउ गरिएको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार गत १२ गते १२ः०० बजे स्याङ्जा वालिङ नगरपालिका वडा नम्बर ५ का राजेन्द्र बहादुर केसीले आफ्नै घरमा पालेका घरपालुवा जनावरहरूमा संक्रामक रोग रेविजको लक्षण देखिएका थिए। उक्त जनावरमा १ भैँसी, १ भैँसीको पाडो, १ बाख्रा र १ बाख्राको पाठी रहेका थिए।

राजेन्द्र केसीले यी जनावरहरू वालिङ नगरपालिका वडा नम्बर ८ का शंशुदिन मियांलाई बेचेका थिए। शंशुदिन मियांले उक्त रोग लागेका जनावरहरू खरिद गरी ग.२ च. २७६० नम्बरको सवारी साधनमा राखेर वालिङ बजार हुँदै भीरकोट नगरपालिका तर्फ लैजाँदै थिए।

प्रहरीले विशेष सूचनाका आधारमा उक्त सवारी साधनलाई वडा नम्बर १ स्थित रोकी खानतलासी गर्दा मृत जनावरहरू फेला परे। पशु प्राविधिक टोलीले परिक्षण गर्दा ती जनावरमा रेविजको लक्षण पुष्टि भएको जानकारी दिएको छ।

प्रहरीले उक्त घटनामा संलग्न केसी र मियांलाई पक्राउ गरी स्याङ्जा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ।



प्रतिक्रिया दिनुहोस !