प्रधानमन्त्री ओलीद्वारा ग्याल्पो ल्होसारको शुभकामना
प्रकाशित मिति : 28 February, 2025 8:16 am
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ग्याल्पो ल्होसारको अवसरमा विशेष शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले यो पर्व मनाउने सम्पूर्ण शेर्पा तथा भोटे समुदायलाई हार्दिक मंगलमय शुभकामना दिएका हुन् ।
उनले आफ्नो सन्देशमा उल्लेख गरेका छन्, “आज ग्याल्पो ल्होछार, नेपालको उच्च पहाडी क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायको मुख्य पर्व हो। साथै, तिब्बत, सिक्किम र भुटानमा बस्ने भोटे समुदायले पनि यो पर्व भव्य रूपमा मनाउँछन्। ग्याल्पो ल्होछारको अवसरमा सबैलाई शुभकामना ! सबैको जय होस् !”
ग्याल्पो ल्होसार शेर्पा समुदायको नयाँ वर्षको रूपमा मनाइने महत्वपूर्ण चाड हो, जसमा परम्परागत नृत्य, सांस्कृतिक कार्यक्रम तथा परिवारजनसँग रमाइला जमघट गरिन्छ। प्रधानमन्त्रीको शुभकामनासँगै यो पर्व झन् उल्लासमय बनोस् भन्ने शुभेच्छा व्यक्त गरिएको छ।








