१२ आश्विन २०७९, बुधबार

गाँउपालिकाको आक्रोशः सहयोगको त के कुरा, हामी छौं है भन्ने पनि फुर्सद कसैलाई छैन

प्रकाशित मिति :  3 June, 2020 5:49 pm


दाङ, २१ जेठ ।

कारोना संक्रमणको हल्ला फैलिएपछि सुरुमा सबैतिर चहलपहल भयो । अनुगमन,राहत वितरण,छलफल सबै हुन्थ्यो । तर, साँच्चिकै कोरोना संक्रमित बढेसँगै चौतर्फी अफ्ठेरो सिर्जना भएको छ । यसै क्रममा दाङको राप्ती गाँउपालिकाले आक्रोश व्यक्ति गरेको छ ।

आफ्नो सामाजिक सञ्जालमै पहिले अनुगमनमा आउने सांसद र सीडीयोहरु अहिले हराएको र उनीहरुलाई सोध्ने फुर्सद समेत नभएको टिप्पणी गरेको छ ।

सामाजिक सञ्चालमा गाँउपालिकाले भनेको छ,‘जब दुईवटा क्वारेन्टाइन बन्दै थिए र रित्ता थिए,दैनिक जसो…..
नियजी हरु,…..सावहरु अनुगमनमा आउनुहुन्थ्यो तामझामका साथ।आज २७ वटा छन्,मान्छे ७०० बढी छन्।कसैले सहयोग को त के कुरा, सोध्ने,कसरी गर्नु भाुछ भन्ने,हामी पनी छौं हैं भन्ने पनि फुर्सद छैन। आखिर उहाँहरु सबैले मानिदिनुपर्ने त हो त नी ।’



प्रतिक्रिया दिनुहोस !