१० चैत्र २०८१, सोमबार

आवश्यकता र औचित्यपूर्ण आयोजनाहरूलाई प्राथमिकता दिने मन्त्री दाहालको प्रतिवद्धता

प्रकाशित मिति :  28 February, 2025 5:38 pm


काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले आगामी बजेटमा आवश्यकता र औचित्यपूर्ण आयोजनाहरूलाई प्राथमिकता दिने बताएका हुन् ।

अन्तरदेशीय पहुँच स्थापति गर्ने, बढ़ी जनसंख्यालाई लाभ हुने, गाउँ र शहर जोड़ने तथा उत्पादन र बजारलाई जोड़ने योजना तथा आयोजनहरू प्राथमिकतामा रहने उनकाे भनाइ छ । शुक्रवार नुवाकोटमा एकै दिन दूई ओटा मोटरेबल पुलको उद्घाटन पछि विदुर नगरपालिकाको त्रिशूली बजारमा आयोजित कार्यक्रममा उनले योजना माग गर्ने चरणमा पनि प्राथमिकताका आधारमा माग गर्न आग्रह गरेका हुन् ।

निर्माण कार्यमा हुने ढिलासुस्ती र गुणस्तरहिनता मान्य नहुने उल्लेख गर्दै मन्त्री दहालले तीनै तहका सरकार र नागरिकको सहकार्यले नै समृद्धिको यात्रा अघी बढ़ाउन सकिने बताए । गल्छी-मैलूं-श्याफ्रूवेशी सड़क, पासांगल्यामू राजमार्ग, मध्य पहाड़ी राजमार्ग जस्ता दीर्घकालीन महत्वका योजना सरकारको उच्च प्राथमिकतामा रहेको जनाउँदै उनले अहिले देश भरीनै तीव्र गतिमा निर्माण कार्य भई रहेको बताए ।

अहिलेको सरकार काम गर्न र समृद्धिको यात्रा अघि बढ़ाउन गठन भएको जनाउँदै उहाले अहिलेको सरकारलाई काम नगर्न छुट नभएको समेत बताए । विकाशलाई समृद्धिसँग जोडेर ल्याैजान जरूरी रहेको बताउँदै दाहालले विकासको प्रभाव नागरिकको जीवनमा देखिनु पर्नेमा जोड़ दिए ।

कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरि पोखरेल, पुल महाशाखा प्रमुख ललिजन खनाल लगायतका अधिकारीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा नुवाकोटका नेताहरूले जिल्लमा अधुरा रहेका योजनाहरूलाई गति दिन माग गरेका थिए । मन्त्रालय मार्फत सिमचौर तथा त्रिशूली बजारस्थित त्रिशूली नदीमा निर्माण गरिएको पलुकाे मन्त्री दाहालले उद्घाटन गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस !