२६ असार २०८२, बिहिबार

ओली नेतृत्वको सरकारले सरकारको आयु लम्ब्याउन अरू दललाई कमजोर बनाउने नीति लिएको छः अध्यक्ष यादव

प्रकाशित मिति :  2 March, 2025 3:51 pm


काठमाडाैँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली काँग्रेस– नेकपा एमाले गठबन्धनको सरकार असक्षम सावित भइसकेको टिप्पणी गरेका छन् ।

आइतवार पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टी केन्द्रिय कमिटिको बैठकमा राजनीतिक, संगठनात्मक प्रतिवेदन तथा प्रश्तावहरु प्रस्तुत गर्दै अध्यक्ष यादवले यस्तो टिप्पणी गरेका हुन् । उनले सरकार गठन पश्चात मुलुकमा सुशासन, समृद्धि र विकास गर्नुभन्दा बढी कोरा नारामा मात्र सिमित राखेको आरोप समेत लगाए । सरकारप्रति जनतामा नैरास्यता बढ्दोक्रममा रहेको उनको भनाइ छ ।

अध्यक्ष यादवले राष्ट्रिय हितको रक्षा, राष्ट्रियहीत अनुकूल परराष्ट्र नीति कायम गर्न नसकेको कारणले सरकार असक्षम र असफल सावित भइसकेको बताए। सरकारमा सहभागी दलका नेता र तिनका परिवारको सदस्यहरु नै ठूला–ठूला भ्रष्टाचार काण्डमा संलग्न रहेको प्रमाण भेटिदा पनि त्यसविरुद्ध सरकार मौन रहेको आरोप लगाए ।

उनले केपी शर्मा ओली नेतृत्वको सरकारको आयु लम्ब्याउन जालझेल गर्ने, अरु दललाई कमजोर बनाउने नीति लिएको उल्लेख गरे । उनले सरकार संविधानले व्यवस्था गरेको बहुदलीय व्यवस्थाप्रतिकुल कार्य गर्न उद्दत रहेको आरोप समेत लगाए ।



प्रतिक्रिया दिनुहोस !