३ चैत्र २०८१, सोमबार

हरित विकास नीति प्रवर्द्धन गर्नुपर्नेमा वन प्राविधिक संघको जोड

प्रकाशित मिति :  2 March, 2025 4:10 pm


काठमाडाैँ । नेपाल वन प्राविधिक संघले नविन प्रविधि, दिगो व्यवस्थापन प्रणाली, कार्बन व्यापार प्रणाली र हरित विकास नीति प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएको छ । 

आइतवार काठमाडाैँमा पत्रकार सम्मेलन गर्दै संघले नविन प्रविधि, दिगो व्यवस्थापन प्रणाली, कार्बन व्यापार प्रणाली र हरित विकास नीति प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएको हो ।

संघले नेपालको वन क्षेत्रलाई दीर्घकालीन रूपमा व्यवस्थित गर्न विज्ञानमा आधारित वन व्यवस्थापन प्रणालीको अवधारणा, अभ्यास, र नीति निर्माणमा सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै नेपाल वन प्राविधिक संघका अध्यक्ष राकेश कर्णले संघले सरकारी नीति निर्माण प्रक्रियामा महत्वपूर्ण परामर्श प्रदान गर्दै, सामुदायिक वन, साझेदारी वन, कबूलियती वन र व्यावसायिक वन व्यवस्थापनलाई प्रवद्र्धन गरिरहेको बताए ।

जलवायु परिवर्तनले वन तथा प्राकृतिक स्रोतसाधनमा पार्ने असरलाई सम्बोधन गर्न संघले विभिन्न नविन प्रविधि, दिगो व्यवस्थापन प्रणाली, कार्बन व्यापार प्रणाली र हरित विकास नीति प्रवद्र्धनमा योगदान दिइरहेको जानकारी दिए । वन प्राविधिक संघले ‘वन, वन्यजन्तु र जलाधारः पेशागत ऐक्यवद्धता, समृद्धिको आधार’ भन्ने नारासहित स्वर्ण महोत्सव मनाउने भएको छ।



प्रतिक्रिया दिनुहोस !