सरकारले जनतालाई रोग, भोक र शोकमा डुबाएको छः सांसद तिमिल्सिना
प्रकाशित मिति : 2 March, 2025 4:16 pm

काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) की सांसद गोमादेवी तिमिल्सिनाले वर्तमान सरकारले जनतालाई रोग, भोक र शोकमा डुबाएको आरोप लगाएकी छन् ।
राष्ट्रिय सभाको आइतवारको बैठकमा बोल्दै सांसद तिमिल्सिनाले जनताले वचत गरेको रकम सहकारीले हिनामिना गरेर जनतालाई बिचल्लीमा पारेको आरोप लगाएकी हुन् । उनले राजनीतिक दलहरु नसम्हालिँदा दलका नेता र कार्यकर्ता नै सहकारी ठगीमा संलग्न रहेको बताइन् ।
“वर्तमान सरकारले जनतालाई रोग, भोक र शोकले डुबाएको छ । आफ्नो जीवन धान्नको लागि वृद्धवृद्धाले एकएक गरी वचत गरेको रकम एकपछि अर्को सहकारीले तहसनहस बनाएको छ । आज आआफनो ठाउँमा आफ्ना कार्यकर्तालाई सम्हाल्न नसक्दाखेरि विभन्न दलका नेता र कार्यकर्ताहरु नै सहकारीमा मुछिएका छन्,” उनले भनिन् ।
उनले सरकार सहकारी पीडितलाई न्याय कहिले दिने ? भन्दै सरकारलाई प्रश्न समेत गरे ।