रास्वपा केन्द्रीय सदस्य थापा अमेरिकी इमिग्रेसनकाे हिरासतमा
प्रकाशित मिति : 2 March, 2025 4:53 pm

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य मोहन थापा अमेरिकी इमिग्रेसनको हिरासतमा परेको जानकारी आएको छ। रास्वपा नेता मनिष झाका अनुसार, थापा केही समयअघि कानुनी प्रक्रिया समाधान गर्न अमेरिका गएका थिए।
झाले भने, “आफूले केही व्यक्तिगत कानुनी प्रक्रियाहरू स्पष्ट र समाधान गर्नु छ र सो किनारा नलागेसम्मका लागि आफू केन्द्रीय सदस्यको जिम्मेवारीबाट बाहिर रहने भन्दै निवेदन दिएका थिए।”
थापाको हिरासतबारे विस्तृत जानकारी सार्वजनिक गरिएको छैन। यस विषयमा थप विवरण आउन बाँकी रहेको झाले बताए।