५ पुस २०८२, शनिबार

स्याङ्जामा आगलागीका कारण लाखौँको क्षति

प्रकाशित मिति :  2 March, 2025 6:09 pm


सांकेतिक फाेटाे

स्याङ्जा । स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका वडा नम्बर ११ बगालेथोकमा विद्युत् सर्टका कारण आगलागी हुँदा घरका विभिन्न सामग्री जलेर नष्ट भएका छन्।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी हरि प्रसाद पौडेलका अनुसार आज दिउँसो करिब ४ बजे मात्रिकाराज आर्यालको टिनले छाएको दुईतले घरको माथिल्लो तलाको बिचको कोठामा आगलागी भएको हो। आगलागीका कारण कोठामा रहेको वासिङ मेसिन, काठको दराज, खाट, कपडा जलेर नष्ट भएको छ।

प्रहरीका अनुसार आगलागी पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ भने कुनै मानविय क्षति भएको छैन।



प्रतिक्रिया दिनुहोस !