१० चैत्र २०८१, सोमबार

आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै : पानीजहाज विधेयकमाथि छलफल हुने

प्रकाशित मिति :  3 March, 2025 10:15 am


काठमाडौँ । संघीय संसद्को विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

बैठकमा ‘पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१’ माथि छलफल हुने बताइएको छ । उक्त छलफलका लागि विषय विज्ञ तथा सरोकारवालाहरूलाई आमन्त्रित गरिएको समितिका एक सदस्यले जानकारी दिए ।

सरकारले जलमार्गीय यातायातको प्रवर्धन तथा सञ्चालनका लागि ल्याएको यो विधेयक हाल संसदीय प्रक्रियामा रहेको छ । संसद्का सम्बन्धित समितिहरूमा यस विधेयकका विभिन्न प्रावधानहरूमाथि छलफल भइरहेको छ ।

यसअघि, विधेयकमाथि प्रारम्भिक छलफलका क्रममा सांसदहरूले जल यातायातको सम्भावना, पूर्वाधार निर्माण, व्यवस्थापन, सुरक्षा तथा आर्थिक व्यवहारिकताका पक्षमा विभिन्न प्रश्न उठाएका थिए । आजको छलफलमा विज्ञहरूबाट यिनै विषयमा स्पष्ट धारणा आउने अपेक्षा गरिएको छ ।

विधायन व्यवस्थापन समितिको बैठकपछि विधेयकको बारेमा थप छलफल गरिने तथा आवश्यक संशोधनका विषयमा निर्णय लिइने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस !