२ पुस २०८२, बुधबार

कम्युनिष्ट आन्दोलनलाई पुनः एकतावद्ध गर्न प्रधानमन्त्री ओलीलाई पूर्वराष्ट्रपति भण्डारीको सुझाव

प्रकाशित मिति :  3 March, 2025 3:41 pm


काठमाडाैँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कम्युनिष्ट आन्दोलनलाई पुनः एकतावद्ध गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएकी छन्

सोमवार काठमाडौँमा ‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’ नाम पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यसअघि पनि कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाउन प्रधानमन्त्री ओलीले खेल्नुभएको भुमिकाको सरहाना गरेकी हुन्।

कम्युनिष्ट आन्दोलनमा उत्पन्न हुने गुट र फुटलाई परास्त गरेर पार्टीलाई सुदृढ बनाउन ओलीले महत्वपूर्ण भुमिका खेलेकाे बताइन् । राजनीतिक दलहरूले जस्तोसुकै कठिन परिस्थितिमा पनि लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शलाई गहिरोसँग आत्मसाथ गर्नुपर्ने बताइन् । बहुलवाद र बहुदलीय प्रतिष्पर्धालाई उच्च प्राथमिकता दिएर राजनीतिक श्रेष्ठताबाट नै सरकारको नेतृत्वमा पुग्ने र सामाजिक आर्थिक रुपान्तरण गर्ने लक्ष्य लिएको एमालेलाई कुनैपनि राजनीतकि घटना तथा परिघटनाले विचलित तुल्याउन नसक्ने बताइन् ।

पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओली नेपालका विशिष्ट राजनीतिज्ञका साथै मुलुकको सामाजिक, आर्थिक समृद्धि अभियानका स्वप्नद्रष्टा र कुशल नेतृत्वकर्तामध्येका एक भएको बताइन् । प्रधानमन्त्री ओली लोकप्रिय राजनेता भएको बताइन् । आवश्यकताअनुसार व्यवहारमा अधिकतम लचकत अपनाएर निर्धारित लक्ष्यमा पार्टी, समाज र मुलुकलाई अग्रगतितर्फ लैजाने खुबी प्रधानमन्त्री ओलीमा रहेको बताइन् ।



प्रतिक्रिया दिनुहोस !