१० चैत्र २०८१, सोमबार

आगामी निर्वाचनमा काँग्रेसको बहुमत नआए पनि देशकै ठूलो पार्टी बनाउनुपर्छः सभापति देउवा

प्रकाशित मिति :  3 March, 2025 3:51 pm


काठमाडाैँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा देशकै ठूलो पार्टी बन्नेगरी तयारीमा लाग्न पार्टीका नेता\कार्यकर्तालाई निर्देशन दिएका छन् ।

सोमवार रुपन्देहीमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली काँग्रेस आगामी निर्वाचनमा बहुमत ल्याउन नसके पनि सबैभन्दा ठूलो पार्टी बन्नसक्ने बताएका हुन् । उनले पहिलाको भन्दा ठूलो पार्टी बन्नेगरी तयारी गर्न निर्देशन दिए । नेताहरूबिचका मतभेदहरू छलफलको माध्यमबाट समाधान गरेर पार्टीलाई जीवन्त बनाउनुपर्ने बताए ।

“भोलिको दिनमा हाम्रो पार्टीले बहुमत ल्याउन नसके पनि सबैभन्दा ठूलो, हिजोको भन्दा ठूलो पार्टी बनाउन हामी लाग्नुपर्छ भन्नेकुरा अनुरोध गर्न चाहन्छु । हाम्रो बिचमा अनेक किसिमका मतभेदहरू हुन सक्छन् । ति सबै कुरालाई हामीले आपसमा छलफल गरेर टुंग्याउनु पर्छ । मतभेद छलफलबाट हटाएर पार्टीलाई जीवन्त बनाउनु पर्छ । हाम्रो पार्टीलाई जीवन्त पार्टी बनाउनसके मात्रै हामी अघि बढ्न सक्छौँ,”उनले भने ।

सभापति देउवाले नेपालको लोकतन्त्र समावेशी र समानुपातिक तथा विपक्षी दलसहितको राम्रो व्यवस्था भएको बताए ।



प्रतिक्रिया दिनुहोस !