२६ असार २०८२, बिहिबार

समाजलाई बदल्न विद्रोह जरुरी छः महासचिव पोखरेल

प्रकाशित मिति :  3 March, 2025 4:02 pm


काठमाडाैँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले समाजलाई बदल्न विद्रोह जरुरी रहेको बताएका छन् ।सोमवार काठमाडौंमा ‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’ नाम पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले अनुशासित विद्रोहको प्रतिनिधि पात्र प्रधानमन्त्री केपी शर्मा ओली भएको बताएका हुन् ।

उनले प्रधानमन्त्री ओली आन्दोलनभित्र फरक मत लिएर लामो समय रहेको भएपनि पार्टीका सीमाहरूलाई कहिल्यै उल्लंघन नगरेको पात्राका रुपमा चित्रण गरे । सीमामा रहेर अघि बढ्यो भने उपलब्धि हाँसिल हुनसक्ने कुरा उनको जीवनीबाट लिन सकिने बताए ।

उनले प्रधानमन्त्री ओलीमाथि किन घेराबन्दी भइरहेको छ भन्नेकुराको विमर्श गर्न जरुरी रहेको बताए । प्रधानमन्त्री ओली नेपाली समाजमा सबैभन्दा बढी खोजिने पात्र रहेको बताए । महासचिव पोखरेलले प्रधानमन्त्री ओली नपढेको मान्छे नभइ पढ्न नपाएको मान्छे भएको बताए ।



प्रतिक्रिया दिनुहोस !