५ जेष्ठ २०८१, शनिबार

नक्शाको पक्षमा एक ढिक्का भएर मतदान हुन्छ: कांग्रेस प्रवक्ता शर्मा

प्रकाशित मिति :  4 June, 2020 10:22 am


काठमाण्डौं, २२ जेठ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले नक्शाको पक्षमा एक ढिक्का भएर मतदात गर्ने स्पष्ट पारेका छन् ।

कांग्रेसले पनि संविधान संसोधन दर्ता गराएपछि आलोचना भइरहेका बेला प्रवक्ता शर्माले नक्शाका विषयमा दायाँबायाँ नहुँने स्पष्ट पारेका हुन् । उनले सामाजिक सञ्जालमा ट्वीट गर्दै संसोधनका अन्य प्रस्ताव व्यक्ति या दलका स्वभाविक हक भएको भन्दै देश र प्रदेशको फरक सीमालाई एउटै बास्केटमा राखेर नहेर्ने बताएका छन् ।

उनले भनेका छन्,‘ नक्शाका पक्षमा एक ढिक्का मतदानले राष्ट्रिय एकता मजबुत हुनेछ । यसमा दायाँ-बायाँ र किन्तु/परन्तुलाई ठाउँ हुन्न । संशोधनका अन्य प्रस्ताव ब्यक्ती या दलका स्वभाविक हक हुन् । कांग्रेस मध्यमार्गी थियो र रहन्छ । हामी देश र प्रदेशको फरक सिमालाई एउटै बास्केटमा राखेर हेर्दैनौं ।’

सरकारले लिम्पियाधुरा,लिपुलेक र कालापानी समेटेर जारी गरेको नक्शा अनुसार निशान छाप परिवर्तनका लागि संविधान संसोधन गर्न संसदमा विधेयक पेश गरेको छ ।

विधेयक पेश भएपछि नेपाली कांग्रेससहितका दलले थप संसोधन दर्ता गराएका छन् । यसलगत्तै आलोचना सुरु भएपछि कांग्रेस प्रवक्ता शर्माले नक्शाका विषयमा मतदान गर्दा दायाँबायाँ नहुँने प्रष्टिकरण दिएका हुन् । कांग्रेसको केन्द्रीय समितिले पनि संविधान संसोधनमा मतदान गर्ने निर्णय गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस !