१० चैत्र २०८१, सोमबार

संघीय लोकतान्त्रिक गणतन्त्रले नेपालको चौतर्फी विकासको लक्ष्य राखेको छः राष्ट्रपति

प्रकाशित मिति :  4 March, 2025 1:45 pm


काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले देशका दूरदराजहरूमा अझैपनि नागरिकले उपयुक्त स्वास्थ्य सेवा प्राप्त गर्न नसकेकोप्रति चिन्ता व्यक्त गरेका छन् ।

मंगलवार काठमाडौंमा नेपाल चिकित्सक संघको ७५ औं स्थापना दिवसको अवसरमा आयाजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशका दूरदराजहरूमा अझैपनि नागरिकले उपयुक्त स्वास्थ्य सेवा प्राप्त गर्न नसकिरहेको अवस्था रहेको भन्दै यसलाई गम्भीरतापूर्वक लिएर देशका कुनाकुनामा दक्ष,विज्ञ चिकित्सकहरुको सेवा पुर्‍याउनु आवश्यक रहेको उल्लेख गरेका हुन्।

उनले सबैलाई आफ्नो—आफ्नो क्षेत्रबाट स्वास्थ्य क्षेत्रको समग्र विकासमा योगदान पुर्‍याउन आह्वान समेत गरे । राष्ट्रपति पौडेलले राष्ट्रले दक्ष र विज्ञ चिकित्सक उत्पादनमा गरेको लगानी संविधानको भावना र मर्मअनुसार भएको बताए । उनले ठूलो संघर्षबाट प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रले नेपालको चौतर्फी विकासको लक्ष्य राखेको पनि बताए ।

राष्ट्रपति पौडेलले देशको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार गर्न तथा गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नका लागि आउने दिनमा नेपाल चिकित्सक संघको भुमिका अझ प्रभावकारी रहने विश्वास व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस !