सरकार संकटका पोका बोकेर हिँडेको छ, अध्यादेश पनि त्यसकै उदाहरण होः झलनाथ खनाल
प्रकाशित मिति : 4 March, 2025 1:48 pm

काठमाडाैँ ।नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले वर्तमान सरकार संकटका पोका बोकेर हिँडेको आरोप लगाउँदै त्यसको एउटा पोको भर्खरै जारी गरिएका अध्यादेश भएको टिप्पणी गरेका छन् ।
मंगलवार नेपाल प्रेस संगठनले धनुषामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले अध्योदश ल्याउनुपर्ने के जरुरी अवस्था आईपर्यो ? भनेर प्रश्न समेत गरेका हुन् । संवैधानिक व्यवस्थाअनुसार कुनैपनि कानूनहरू सामान्य रूपमा बनाउन सकिने उल्लेख गर्दै उनले सामान्य रुपमा कानून बनाउने कुरामा कसैको पनि अवरोध नगरेको उल्लेख गरेका हुन् ।
उनले वर्तमान सरकारकै कमजोरीको कारण युवा पलायन बढिरहेको बताए । उनले वर्तमान सरकारले मान्छे बेच्नको लागि ठाउँ ठाउँमा मेनपावर कम्पनी खोलेर बसेको गम्भिर आरोप लगाए ।