२६ असार २०८२, बिहिबार

समितिमा विचाराधिन विधेयकहरू छिटो टुंग्याउन अर्थमन्त्री पौडेलको आग्रह

प्रकाशित मिति :  4 March, 2025 4:46 pm


काठमाडाैँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई छिटो टुंग्याउनुपर्नेमा जोड दिएका छ्न् ।

मंगलवारको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री पौडेलले विधि निर्माणको प्रक्रिया सुस्त भयो भन्ने जनगुनासो आएको भन्दै समितिमा विचाराधिन रहेका विधेयकलाई छिटो टुंगो लगाइ सभा समक्ष पेश गर्न आग्रह गरेका छन् ।

उनले सभाले पनि छिटो पारित गर्न आवश्यक काम गर्नुपर्नेमा सरकार रहेको बताए । भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक राष्ट्रिय आवश्यकता महशुस गरेर ल्याएको र धितोपत्रसँग सम्बन्धित लगायतका केही विधेयकहरु पनि चैत्र मसान्तसम्म समितिबाट सभामा पेश गर्नेगरी छल फल अघि बढाउन आग्रह गरे ।

उपप्रधानमन्त्री पौडेलले समिति समक्ष विचाराधिन विधेयकहरु आवश्यकताको दृष्टिकोणले महत्वपूर्ण रहेकाले यथाशक्य चाँडो निस्कर्षमा पुग्न आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस !