२० मंसिर २०८२, शनिबार

प्रतिनिधिसभामा पाँच अध्यादेश स्वीकृतिका लागि पेस हुँदै

प्रकाशित मिति :  5 March, 2025 8:17 am


फाइल फाेटाे।

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सरकारद्वारा जारी पाँच अध्यादेशमाथि छलफल गर्दै तिनलाई स्वीकृतिका लागि प्रस्तुत गरिने भएको छ ।

बैठकको कार्यसूचीअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन् ।

त्यस्तै, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेशहरू पेस गर्नेछन् । ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’ , ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’ पेश गर्नेछन् ।

यस्तै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

त्यसबाहेक, बैठकमा राष्ट्रियसभाबाट प्राप्त ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’ टेबुल गरिने छ।प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्नेछ।



प्रतिक्रिया दिनुहोस !