१२ चैत्र २०८१, बुधबार

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

प्रकाशित मिति :  5 March, 2025 9:07 am


काठमाडौँ । राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दैछ । बैठकमा मुख्यत: राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्याहरूको समाधानको बारेमा सरोकारवालाहरूसँग छलफल गरिने छ ।

समितिले राष्ट्रिय निकुञ्जहरूको व्यवस्थापन र संरक्षणका लागि विभिन्न नीतिगत चुनौतीहरू र तिनका समाधानका उपायहरूको अध्ययन र विश्लेषण गर्ने योजना बनाएको छ । यस छलफलमा वन्यजन्तु संरक्षण, पर्यावरणीय असर र स्थानिय समुदायका अधिकारका बारेमा ध्यान केन्द्रित गरिने छ ।

समितिका सदस्यहरूले राष्ट्रिय निकुञ्जहरूको प्रभावकारी व्यवस्थापनका लागि नीति परिमार्जन र नयाँ विधायन ल्याउने विषयमा पनि विचार विमर्श गर्ने अपेक्षा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !