१२ चैत्र २०८१, बुधबार

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश प्रतिनिधि सभाबाट स्वीकृत

प्रकाशित मिति :  5 March, 2025 4:31 pm


काठमाडाैँ । प्रतिनिधि सभाबाट ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन), अध्यादेश’ स्वीकृत भएको छ । 

बुधवार बसेको प्रतिनिधि सभाको बैठकले उक्त अध्यादेश बहुमतले स्वीकृत गरेको हो । अध्यादेश अस्वीकृत गर्न परेको सूचना बहुमतले अस्वीकृत भयो । त्यसपछि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले अध्यादेश स्वीकृत गर्ने सम्बन्धी प्रश्ताव प्रस्तुत गरे।

उक्त प्रस्ताव बहुमतले पारित भएको छ । यससँगै सरकारलाई अध्यादेशको ठाउँमा प्रतिस्थापन विधेयक ल्याउने बाटो खुला भएको छ ।



प्रतिक्रिया दिनुहोस !