१८ माघ २०८२, आइतबार

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह अध्यादेश प्रतिनिधि सभाबाट स्वीकृत

प्रकाशित मिति :  5 March, 2025 4:33 pm


काठमाडाैँ । प्रतिनिधि सभाबाट सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई स्वीकृत भएको छ । 

बुधवारको प्रतिनिधि सभान बैठकले अध्यादेश स्वीकृत गरेको हो । अध्यादेशमा विपक्षी दलहरूको तर्फबाट ७ जना सांसदहरुले अस्वीकृत गर्ने प्रस्ताव परेको थियो । तर प्रतिनिधि सभाको बहुमतले प्रस्ताव पारित गरेको हो ।

सरकारको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई स्वीकृत गरियोस भन्ने प्रस्ताव प्रस्तुत गरे ।प्रस्तावलाई बहुमत सांसदले स्वीकृत गरेको सभामुखले सभामा घोषणा गरे ।



प्रतिक्रिया दिनुहोस !