२६ असार २०८२, बिहिबार

स्याङ्जाबाट जबरजस्ती करणी मुद्धाका फरार प्रतिवादी विष्णु गिरी पक्राउ

प्रकाशित मिति :  5 March, 2025 9:53 pm


स्याङ्जा । जवरजस्ती करणी मुद्धामा फरार रहेका विष्णु गिरीलाई प्रहरीले पक्राउ गरेको छ। स्याङ्जा पुतलीबजार नगरपालिका–१४ निवासी ५१ वर्षीय गिरीलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको टोलीले फागुन २० गते आफ्नै घरबाट पक्राउ गरेको हो।

गिरीविरुद्ध कास्की जिल्ला अदालतबाट २०८१ साल फागुन २ गते पक्राउ अनुमति जारी भएको थियो। कास्की प्रहरीले उनलाई खोजतलास गरी अदालतमा उपस्थित गराउन २०८१ फागुन १३ गते पत्राचार गरेको थियो। उक्त पत्रका आधारमा स्याङ्जा प्रहरीले उनलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय कास्कीको जिम्मा लगाएको छ।

प्रहरीका अनुसार गिरीविरुद्ध ६ दिनको म्याद थप अनुमति लिइएको छ र थप अनुसन्धान भइरहेको छ। गिरी नेकपा (एकीकृत समाजवादी) पार्टी गण्डकी प्रदेशका उपाध्यक्ष तथा स्याङ्जा जिल्ला अध्यक्ष रहेको खुलेको छ।



प्रतिक्रिया दिनुहोस !