अमेरिकी सहयोग दुरुपयोग गर्नेहरूको सूचिसहित श्वेतपत्र जारी गरियोस्ः सांसद खतिवडा
प्रकाशित मिति : 6 March, 2025 1:40 pm

काठमाडाैँ । नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले अमेरिकी सहयोग दुरुपयोग गर्नेहरूको सूचिसहित श्वेतपत्र जारी गर्न सरकारसँग माग गरेका छन् ।
प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद खतिवडाले एनजिओ तथा आइएनजिओमार्फत आएको रकम दुरुपयोग गरिएको भन्दै मुलुककै बद्नाम गरिएको उल्लेख गरेका हुन् ।
“एनजिओ र आइएनजीओका नाममा आएका रकमहरू कति छन् । त्यो रकम दुरुपयोग गरियो भनेर सारा नेपाललाई नै बद्नाम गर्ने काम गरेको छ सरकारले भएको के हो श्वेतपत्रको रुपमा जारी गरोस्,” उनले भने ।
उनले अमेरिकाले गैरकानूनी रुपमा बसेका गैरआवासीय नागरिक फिर्ता पठाउने क्रममा अमानवीय व्यवहार गरेको समेत बताए । अन्तर्राष्ट्रिय मानव अधिकार मूल्य मान्यतामा रहेरमात्र गैरआवासीय फिर्ता गर्न समेत हुने माग गरे ।