१० चैत्र २०८१, सोमबार

सरकार कमिसनखोर व्यापारीहरूको पक्षपोषण गरिरहेको रास्वपा सांसद ढकालको आरोप

प्रकाशित मिति :  6 March, 2025 2:27 pm


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले सरकार कमिसनखोर व्यापारीहरूकाे पक्षपोषण गरिरहेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद ढकाललले खाना पकाउने ग्यासको कमिसन वृद्धिमा उद्योगमन्त्री नै संलग्न हुँदा उपभोक्ताहरू समस्या परेको बताएका हुन् । उनले व्यवसायी, ढुवानीकर्ता र विक्रेताबिच हुने विवादको मार आम उपभोक्ताले खेप्नु परेको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराए ।

“कति वर्ष भयो घरघरमा ग्यासको पु¥याउने भनेको ? मैले मात्र सुनेको हो कि अन्य माननीयज्युले पनि सुन्नुभएको हो । दश वर्षजति त भएछ त ? अनि जसले बिजुली चुलोको नीतिहरु बनाउँदै थियो उसलाई कारबाही गर्न सरकार तयार भएर बसेको छ,” उनले भने ।

उनले सरकार विद्युतीय चुलो ल्याउने नीति बनाइरहेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन तयार भएर बसेको समेत आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस !