२६ असार २०८२, बिहिबार

राष्ट्रिय सभा बैठकमा सांसदहरूः एमसीसी र युएसएड रोकिँदा अर्थतन्त्रमा वार्षिक २० अर्बले असर पर्छ

प्रकाशित मिति :  6 March, 2025 2:31 pm


काठमाडाैँ । राष्ट्रिय सभाको शुन्य समयमा राष्ट्रिय सभा सदस्यहरूले समसामयिक विषयमा आफ्ना धारणा राखेका छन् ।बिहीवार बसेको राष्ट्रिय सभा बैठकमा सदस्यहरुले आफ्ना धारणा राखेका हुन् । राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकायले रुकुम (पश्चिम) मा रहेको दुई वटा विमानस्थल बन्द रहेकाले यथाशिघ्र सञ्चालनका लागि सरकारसँग माग गरे ।

“रुकुम पश्चिममा दुई वटा विमानस्थल छ, एउटा सदरमुकाम रहेको सल्य विमानस्थल र अर्को पश्चिममा रहेको चौरजारी विमानस्थल । आज दुवै विमानस्थल उडान भएको छैन । सदरमुकामको विमानस्थल २०८१  पुस २ गतेदेखि सञ्चालन भएको छैन । यथाशिघ्र सञ्चालनका गर्नका लागि नेपाल सरकारका सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु,” उनले भने ।

राष्ट्रिय सभा सदस्य पदमबहादुर परियारले अमेरिकी अन्तर्राष्ट्रिय सहायता सम्बन्धी युएसएड र एमसीसी बन्दा हुँदा अर्थतन्त्रमा वार्षिक २० अर्ब प्रभाव परेको बताए । उनले यसबाट पर्ने असरको व्यवस्थापनका लागि सरकारले कसरी काम गर्दैछ भन्ने बारे सदनमा जानकारी गराउन सरकारको ध्यानकर्षण गराए । राष्ट्रिय सभा सदस्य पूजा चौधरी सिरहामा रिङ्कु सदाको बलात्कारपछि भएको हत्यामा संलग्न हत्यारालाई समात्न र पीडित परिवारलाई तत्काल क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराइन् ।

राष्ट्रिय सभा सदस्य विष्णुदेवि पुडासैनीले शिक्षा विधेयक छिटो पास गर्न सरकारको ध्यानाकर्षण गराइन् । उनले संविधान बनेको १० वर्षमा सबै पार्टीहरु सरकारको सञ्चालनमा पुगेपनि शिक्षा विधेयक नबन्नु सबै सरकारको कमजोरी भएको आरोप लगाइन् ।शुन्य समयमा सदस्यहरुले आफ्ना जिल्लामा अवरुद्ध विकास निर्माण तथा उद्योग व्यवसाय सुचारु गराउन सरकारको ध्यानाकर्षण राएका थिए ।



प्रतिक्रिया दिनुहोस !