१० चैत्र २०८१, सोमबार

पूर्वराजा शाहलाई प्रधानमन्त्री ओलीको चुनौतिः लोकप्रिय छु भन्ने लागेको भए चुनाव लड्नुस्

प्रकाशित मिति :  6 March, 2025 4:36 pm


काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको शासन गर्नका लागि निर्वाचनबाट आउन पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनौति दिएका छन् ।

बिहीवार महोत्तरीमा बिहीवार महोत्तरीमा ‘नेपाल पल्प एण्ड पेपर इण्डस्ट्रिज प्रा.लि.’ ले सञ्चालनमा ल्याएको कागज कारखानाको उद्घाटन गर्दै उनले पूर्वराजा शाहलाई चुनौति दिएका हुन् । उनले नेपाली जनताले फालेका राजतन्त्रलाई पुनः फर्काउन भन्दै नाराबाजी भइरहेको बताए ।

उनले मानिसहरू कुर्सीमा बस्दा राजा हुने दिन गएको जिकिर गरे ।लोकप्रिय लागेको भए निर्वाचनमा लड्न चुनौति दिनुभयो । छायाँ अघि सारेर नभइ आफैँ राजनीतिक दल खोलेर निवार्चन लड्न उनको चुनौति छ । अब नेपालमा जन्मिदै राजा हुने प्रणाली स्वीकार्य नहुने बताए । संविधान र लोकतन्त्रको बाटो समातेर अघि बढ्न सबैलाई खुला रहेको बताए ।

प्रधानमन्त्री ओलीले देश विकास निर्माणका कामबाट अघि बढिरहेको भन्दै दाबी गरे । उनले आफू मधेसबिरोधी नभएकोसमेत बताए ।



प्रतिक्रिया दिनुहोस !