२६ असार २०८२, बिहिबार

उद्योग, पूर्वाधार विकास, वित्तीय स्थायित्व र लगानीमैत्री वातावरण निर्माण गर्ने दिशामा अघि बढेका छौँः सभामुख घिमिरे

प्रकाशित मिति :  7 March, 2025 1:05 pm


काठमाडाैँ । सभामुख देवराज घिमिरेले नेपाल उद्योग, पूर्वाधार विकास, वित्तीय स्थायित्व र लगानीमैत्री वातावरणको निर्माण गर्ने दिशामा अगाडि बढिरहेको बताएका छन् ।

शुक्रवार काठमाडौँमा इकोनोमिक मिडिया एसाेसिएसन नेपाल(इमान) को दोस्रो वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले नेपाल संक्रमणकालीन अर्थतन्त्रको चरण पार गरेर उद्योग, पूर्वाधार विकास, वित्तीय स्थायित्व र लगानीमैत्री वातावरणको निर्माण गर्ने दिशामा अगाडि बढिरहेको बताएका हुन् ।

उनले विगतका आर्थिक नीतिहरूलाई परिमार्जन गर्दै नयाँ सम्भावनाहरू खोज्ने क्रममा सरकार, निजी क्षेत्र, वित्तीय संस्था र सञ्चार क्षेत्रबीच सुदृढ सहकार्य हुनु अति आवश्यक रहेको बताए। उनले प्रेस स्वतन्त्रतामाथि कुनैपनि हालतमा बन्देज लगाउने काम नहुने जिकिर गरे । उनले कुनैपनि कानूनले पत्रकारिताको स्वतन्त्र अभ्यासमा अवरोध पु¥याउने, सूचनाको पहुँच रोक्ने वा पारदर्शीतालाई कमजोर पार्ने प्रयत्न गर्नु नहुने बताए । 

सभामुख घिमिरेले नेपालको दिगो आर्थिक समृद्धि हाँसिल गर्न स्थिर नीति, लगानीमैत्री वातावरणमा पारदर्शी वित्तीय प्रणाली र नविनतम प्रविधिको समुचित प्रयोग जरुरी रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !