रुस-युक्रेन तनावमा नेपाल: परराष्ट्र नीतिको पुनर्विचार आवश्यक ?

काठमाडाैँ । नेपालले संयुक्त राष्ट्रसंघको महासभामा युक्रेनको पक्षमा मतदान गरेपछि परराष्ट्र नीतिबारे बहस चुलिएको छ । भारत र चीन तटस्थ बसेका बेला नेपालले युक्रेनको समर्थन गर्दै राष्ट्रसंघीय प्रस्तावको पक्षमा उभिनु कूटनीतिकरूपमा सही थियो कि थिएन भन्ने प्रश्न उठेको छ ।
पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले आफ्नो भू-राजनीतिक संवेदनशीलता बुझ्नुपर्ने बताए । पूर्वपरराष्ट्र सचिव मदन भट्टराईका अनुसार असंलग्नता तटस्थता नभएकाले नेपालले युक्रेनको समर्थन गर्न सक्ने तर्क गरे ।
परराष्ट्रमन्त्री आरजु राणा देउवा महासभामा उपस्थित रहँदा नेपाललाई तटस्थ राख्ने निर्णय लिन सक्थिन् भन्ने धारणा पनि व्यक्त भएको छ ।
कतिपय विश्लेषकहरूका अनुसार नेपालले भारत र चीनसँगको सम्बन्धलाई ध्यानमा राख्दै तटस्थ बस्नुपर्ने थियो । परराष्ट्र मन्त्रालयले भने नेपालले सानो तथा स्वतन्त्र राष्ट्रको रूपमा आफ्नो स्वार्थअनुसार निर्णय लिएको बताएको छ ।
यस निर्णयले नेपाल-रुस सम्बन्धमा असर गर्ने कि नगर्ने भन्ने विषय आगामी कूटनीतिक पहलमा निर्भर रहनेछ ।