२६ असार २०८२, बिहिबार

राष्ट्रिय सभाको बैठक आज बस्दै : प्रधानमन्त्री ओलीले प्रतिवेदन पेश गर्ने

प्रकाशित मिति :  9 March, 2025 10:42 am


काठमाडौँ । संघीय संसदअन्तर्गत् राष्ट्रिय सभाको बैठक आज दिउँसो सवा १ बजे बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्नेछन्।

संघीय संसद सचिवालयका अनुसार बैठकमा अन्य महत्त्वपूर्ण विषयहरूबारे छलफल हुने अपेक्षा गरिएको छ। राष्ट्रिय प्राकृतिक स्राेत तथा वित्त आयोगले हरेक वर्ष आफ्नो वार्षिक प्रतिवेदन सरकारसमक्ष पेश गर्दै आएको छ, जसमा आर्थिक नीति, स्रोत व्यवस्थापन, तथा वित्तीय संघीयतासम्बन्धी विषय समेटिएका हुन्छन्।

यस बैठकलाई सरकारका आर्थिक योजनाहरूको समीक्षा, संघीय संरचनामा वित्तीय स्रोतको बाँडफाँड, तथा विकास खर्चको प्रभावकारिताजस्ता विषयमा गम्भीर छलफल हुने अवसरका रूपमा हेरिएको छ।

यसै सन्दर्भमा सांसदहरूले विभिन्न प्रश्नहरू उठाउने र आवश्यक छलफल गर्ने अपेक्षा गरिएको छ । राष्ट्रिय सभाको बैठकको अपडेटका लागि हामीसँगै रहनुहोस्।



प्रतिक्रिया दिनुहोस !