पूर्वराजा शाहलक्षित माओवादी सांसदको आरोपः वंश विनाश गर्नेले राजा फर्काउने नाटक मञ्चन गर्दैछन्
प्रकाशित मिति : 9 March, 2025 4:04 pm

काठमाडाैँ । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले पूर्वराजा ज्ञानेन्द्र शाहलाई वंश विनाश गरेको आरोप लगाएका छन् ।
आइतवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै वंश विनाश गर्नेले नै अहिले राजा फर्काउने भनेर नाटक मञ्चन गरिरहेको आरोप लगाएका हुन् ।
उनले विश्वका धेरै देशहरुमध्ये नेपालमा सबैभन्दा लामो समय लगाएर राजतन्त्रको अन्त्य गरेको बताए । उनले राजतन्त्र अन्त्य भइसकेपछि अहिले तथाकथित प्रतिगामी शक्तिहरु अहिले राजा फर्काउने काममा लागेको भन्दै असन्तुष्टि जनाए । उनले सरकारले राष्ट्रिय सहमति खोज्नुपर्ने बेलामा पनि सरकारले त्यस्तो हुन नसकेको बताए ।